१८ घण्टा खटिएको छु, परिणाम आउनेगरी काम गर्छु : मन्त्री पाण्डे

<span class='c1'>१८ घण्टा खटिएको छु, परिणाम आउनेगरी</span> <span class='c2'>काम गर्छु : मन्त्री पाण्डे</span>

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिवद्व रहेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगको छलफल एवम अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनको विकास हुन दाबी गरे । आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिवद्वता व्यक्त गरे । मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे । उनले आफूलाई पार्टी,नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरि निष्ठा पूर्वक काम गर्न प्रतिवद्व रहेको बताए ।

उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिद्वता दोहोर्याए । पर्यटन व्यवसायी आफैंमा थिङट्याक्क भएकाले निष्कर्ष र निचोड सहितको सुझाव दिन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्