काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।
सपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूणर्वबहादुर तामाङ रहेका छन् । शपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी रहेको थियो । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूणर्ता पाएको छ ।