गृहमन्त्री लेखकले गरे केएमसीको निरीक्षण

<span class='c1'>गृहमन्त्री लेखकले गरे</span> <span class='c2'>केएमसीको निरीक्षण</span>

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडाैं मेडिकल कलेजकाे निरीक्षण गरेका छन् ।

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को शनिबार गृहमन्त्री लेखकले निरीक्षण गरेका हुन् ।

केएमसीकाे आईसीयूमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिति बुझ्न आएका बेला गृहमन्त्री लेखकले केएमसीका अत्याधुनिक प्रविधिहरु क्याथ ल्याब, एमआरआई, सीटी स्क्यान लगायतको निरीक्षण गरेका हुन् ।

केएमसीका अस्पताल प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार गृहमन्त्रीले अस्पतालका सेवाहरू निरीक्षण गर्दै केएमसीले सर्वसुलभ शुल्कमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेकाेकाे प्रशंसा गरे ।

दाहालका अनुसार साे बखत गृहमन्त्री लेखकले नेपालमै अत्याधुनिक स्वास्थ्य उपकरणहरू देखेर निकै सन्तुष्ट दिलाएको बताएका थिए । दाहालले गृहमन्त्री लेखकलाई अस्पतालबाट प्रदान गरिँदै आएकाे स्वास्थ्य सेवाहरूका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्