विराटनगरको कोबास कलेजले नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

<span class='c1'>विराटनगरको कोबास कलेजले नयाँ</span> <span class='c2'>विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण</span>

विराटनगर । विराटनगर –१० निलसदनस्थित कोबास कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको छ ।

विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।

कलेजको नयाँ शैक्षिकसत्रमा ३ सय ५० विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको नियम र शैक्षिक बातवरणको बारेमा जानकारी गराएको थियो । उक्त कलेजले अध्यापन गराउने होटल म्यानेजमेन्ट,विज्ञान,कम्पयुटर साईन्स र व्यवस्थापन पढाइ हुने गरेको छ । नयाँ भर्ना भएका २९ औँं ब्याचका विद्यार्थी रहेको कलेजले जनाएको छ ।

कार्यक्रमममा बोल्दै कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठले कलेजले सीप र संस्कार सहितको विद्यार्थी उत्पादन गर्दै आएको बताए । उनले कोबासमा अध्ययनगरि गएका विद्यार्थीहरु स्वदेश सहित संसारभरि छरिएर महत्वपूर्ण निकाय र ओहदाहरुमा काम गर्दै आएको समेत बताए । सो अवसरमा कोबासमा पढेर विभिन्न निकायमा काम गर्दै आएका पुर्व विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कोबास कलेजका ब्यवस्थापन समिति अध्यक्ष प्रिया सारडा र प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुलाई मायाको चिनो र खादा सहित सम्मान गरे । कार्यक्रमकाबिच नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा कक्षा १२ का विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरे ।

कार्यक्रममा कलेज संचालक समिति अध्यक्ष सुमन कालिकोटे,प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, प्याब्सनका पुर्व अध्यक्षद्वय सावित्री पराजुली,ईन्द्र राई, प्याब्सन विराटनगरकन अध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष अर्जुन श्रेष्ठ सहित शैक्षिक तथा वित्तिय संस्था आबद्ध ब्यक्तीत्वहरुले शुभकामना ब्यक्त गरे । सो अवसरमा कलेजका विद्यार्थीहरुले ईथिकल ह्याकिङ सहित विविध विज्ञान प्रदर्शनी तथा खानपान लगायतका प्रदर्शनी गरेका थिए । गुणस्तरीय शिक्षा प्रर्बधनको उद्धेश्य सहित २०५२ सालमा कोबास कलेजको स्थापना भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्