त्राहिमाम हुँदै विराटनगरका बैंक छिर्छन् सेवाग्राही

<span class='c1'>त्राहिमाम हुँदै विराटनगरका</span> <span class='c2'>बैंक छिर्छन् सेवाग्राही</span>

इन्दु साह
विराटनगर । विराटनगरको जलजला चौकस्थित ग्लोबल आईएमई बैंक शाखामा आएका थिए, ४६ वर्षीय लक्ष्मण न्यौपाने। आइतबार उनी बैंकमा छिर्नुअघि मोटरसाइकल सडकमा पार्किङ गरे। उनले पार्किङ गरेको क्षेत्रबाट अन्य सेवाग्राहीको बारम्बार मोटरसाइकल हराइसकेकोले मनमा चिसो पसिहाल्छ। तर, पार्किङविनाका बैंक कार्यालयहरूको सेवा लिन असुरक्षित तवरले सवारी पार्किङ गर्नुपर्ने उनलाई बाध्यता छ।

'बैंकले भाडामा शाखा कार्यालय सञ्चालन गर्ने घरधनीसँग सम्झौता गर्दा पार्किङ पनि खोज्नुपर्छ,' न्यौपाने भने, 'भाडाको घरमा रहेका बैंकका कार्यालयको पार्किङ सार्वजनिक सडक छ।' सडक समेत सुरक्षित नभएका कारण सवारी रोकेर बैंकमा जाँदा खटपट बढ्ने गरेको उनको भनाइ छ। आसपासमा अन्य बैंकका शाखा समेत रहेका कारण सेवाग्राही आउँदा सडकमै सवारी रोकेर छिर्ने गरेका छन्। सडक अस्तव्यस्त हुने भएकोले चोरले कतिबेला सवारी लान्छ भन्ने भयले सेवाग्राही डरले थरथर भएर भित्र बस्ने गरेका छन्।

सडकको पार्किङ व्यवस्थापन गर्ने भन्दै विराटनगर महानगरपालिकाले समेत बैंकहरूलाई विभिन्न समयमा पत्राचार, छलफल गर्दै आएको छ। तर, महानगरपालिकाको पत्रलाई बैंकले कार्यान्वयन गर्नसक्ने तत्काल अवस्था देखिँदैन। महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गरेको भए पनि कार्यान्वयन नभएको बताउँछन्। बैंकका सञ्चालक तथा प्रतिनिधिहरूसँग छलफल गर्दा केही समय मागेका थिए। तर, एक वर्ष पूरा हुँदासम्म कार्यान्वयन भने भएन।

आइतबार प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एनआईएमबी बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक लगायतमा आउने सेवाग्राहीले सडकमै सवारी पार्क गर्ने सुविधामा ढुक्क नहुने गरेको बताए। बैंकका प्रतिनिधिहरूले यस विषयमा आफूहरू जानकार नभएको बताउँछन्। रंगेली रोडस्थित प्रभु बैंकका शाखा प्रबन्धक आकाश दाहालले घरनक्सा पास गर्दै बेसमेन्ट पार्किङको अवधारणा कार्यान्वयन गराउनुपर्ने महानगरपालिकाले त्यसो नगर्दा समस्या भएको बताए। उनले बनिसकेको घरमा पार्किङको व्यवस्थापन मिलाउन असहज हुने बताउँदै अब बन्ने घरमा पार्किङ क्षेत्र अनिवार्य गर्नुपर्ने सुझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्