मोरङ बार एकाईको निर्वाचन भाद्र ८ गते 

<span class='c1'>मोरङ बार एकाईको निर्वाचन</span> <span class='c2'>भाद्र ८ गते </span>

विराटनगर । मोरङ बार एकाईको नयाँ कार्यसमिति चयनका लागि आगामी भाद्र ८ गते शनिवार निर्वाचन हुने भएको छ। नेपाल बार एशोसिएशन मोरङ बार एकाईको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो।

सूचना अनुसार अध्यक्ष सहित १८ सदस्यीय कार्यसमिति र १३ जना पार्षद गरी कुल ३१ पदका लागि निर्वाचन हुनेछ। मतदान बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म मोरङ बार एकाई भवनमा हुने जनाइएको छ।

निर्वाचन प्रक्रिया अन्तर्गत श्रावण २९ गते मतदाता नामावली प्रकाशन हुने, भाद्र २ गते उम्मेदवारको मनोनयन दर्ता हुने र भाद्र ६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका रहेको छ।

उम्मेदवारी दिन चाहनेहरूले पदअनुसार निर्धारित शुल्क बुझाउनु पर्नेछ। अध्यक्ष पदका लागि रु. १० हजार, उपाध्यक्ष र सचिवका लागि रु. ७ हजार, सहसचिव र कोषाध्यक्षका लागि रु. ५ हजार, सदस्यका लागि रु. ३ हजार र पार्षदका लागि रु. एक हजार मनोनयन शुल्क तोकिएको छ।

निर्वाचन समितिले कुनै कारणवश तोकिएको मिति र समयमा मतदान हुन नसकेमा अर्को मिति र समय तोक्न सक्ने जानकारी पनि गराएको छ। यो निर्वाचनले मोरङका कानून व्यवसायीहरूको नयाँ नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्