विराटनगरको कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ हटाइए

<span class='c1'>विराटनगरको कोबास कलेजका प्रिन्सिपल</span> <span class='c2'>सुनिल श्रेष्ठ हटाइए</span>

विराटनगर । विराटनगरस्थित कोबास कलेजले प्रिन्सिपलको जिम्मेवारीबाट सुनिल श्रेष्ठलाई हटाएको छ ।

सोमबार बिहान कलेज पुग्दा उनलाई गेटबाट प्रवेश निषेध गरिएको थियो । विना कारण निकालेको भन्दै श्रेष्ठले गेट बाहिर उभिएर आपत्ती प्रकट गरेका थिए।

कलेज प्रशासनले गेटबाट प्रवेश गर्न नदिएपछि उनले सञ्चारकर्मीहरुलाई बोलाएर आपत्ती जनाएका हुन् । कलेज सञ्चालक प्रिया सारडाले प्रवेश नदिएको उनको आरोप थियो । उनले केहि विद्यार्थी समेतको उपस्थितिमा आफुलाई निकालीएको बारे सञ्चालकसँग स्पष्टीकरण माग गरेका छन् ।

घटनाको बारेमा प्रशासनले कुनै जानकारी दिएको छैन । सञ्चारकर्मीलाई समेत विराटनगर–१० स्थित कलेजको परिसरमा प्रवेश गर्न दिइएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्