मोरङ जिल्ला अदालतमा वैतनिक कानुन व्यवसायीको आवेदन खुल्ला

<span class='c1'>मोरङ जिल्ला अदालतमा वैतनिक</span> <span class='c2'>कानुन व्यवसायीको आवेदन खुल्ला</span>

विराटनगर । मोरङ जिल्ला अदालतले वैतनिक कानुन व्यवसायीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

अदालतले जारी गरेको सूचना अनुसार आगामी २०८१ साल भदौ ६ गतेदेखि रिक्त हुने उक्त पदका लागि योग्य अधिवक्ताहरूले आवेदन दिन सक्नेछन्।

अदालतका सुचना अधिकारी हेम बहादुर बुढाथोकीका अनुसार वैतनिक कानुन व्यवसायीले न्यायमा पहुँच बढाउन र आर्थिक रूपमा कमजोर पक्षलाई कानुनी सहायता प्रदान गर्न महत्त्वपूणर् भूमिका खेल्नेछ । आवेदकहरूले कानुनमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्र, अधिवक्ताको प्रमाणपत्र र सम्बन्धित तालिमका प्रमाणपत्रहरू पेश गर्नुपर्नेछ।

छनौट भएका उम्मेदवारले ७ दिनभित्र नियुक्ति लिनुपर्नेछ। इच्छुक अधिवक्ताहरूले रु. १० को निवेदन दस्तुरसहित मोरङ जिल्ला अदालतको प्रशासन शाखामा सम्पर्क गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ । अदालतले योग्य र प्रतिबद्ध उम्मेदवारहरूलाई आवेदन दिन प्रोत्साहित गरेको छ।
मोरङ जिल्ला अदालतले हरेक आर्थिक वर्षमा वैतनिक कानुन व्यवसायीको लागि आवेदन खुलाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्