नेपालमा साउन २५ गते विश्व आदिवासी दिवस मनाइने

<span class='c1'>नेपालमा साउन २५ गते</span> <span class='c2'>विश्व आदिवासी दिवस मनाइने</span>

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले साउन २५ गते ३० औं विश्व आदिवासी दिवस मनाउने भएको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महासंघ महासचिव दिवस राईले, ‘स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण’ भन्ने संयुक्त राष्ट्रसंघको मूल नारा सहित ३० औं विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिए ।

उनका अनुसार भृकुटिमण्डपदेखि सुरु हुने उक्त कार्यक्रममा आदिवासी जनजातिहरुका मातृभाषा र लोक भाकामा बनेका गीतहरु, सांस्कृतिक झाँकीहरु, स्थानीय र रैथाने प्रकृक्तिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, जातीय भेषभुषासहित प्रज्ञाभवन कमलादीसम्म परिक्रमा गरिनेछ । उनले भने,‘शुकबारको दिन नेपालका आदिवासी जनजातिहरुका मातृभाषा र लोक भाकामा बनेका गीतहरु, सांस्कृतिक झाँकीहरु, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातिय भेषभुषासहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनीमार्गदेखि प्रज्ञाभवन कमलादीसम्म परिक्रमा गरी आदिवासी जनजातिहरुको भव्य प्रस्तुतिलाई प्रतिविम्वित गरीनेछ । साँस्कृतिक झाँकीसहितको ऱ्याली ११ बजे भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्