विराटनगर । साउन महिनाको तेस्रो हप्तामा विराटनगरमा भव्य काँवर यात्रा सम्पन्न भएको छ।
विराटनगर-८ स्थित भगवती बटकेश्वर महादेव मन्दिरबाट शुरु भएको यात्रा बरगाछीस्थित बासुकीनाथ महादेव मन्दिरमा पुगेर समापन भएको हो।
मन्दिर परिषदका कार्यबाहक अध्यक्ष राघव शहनीका अनुसार, ३१ फिट लामो काँवर लिएर गरिएको यो यात्रामा ५ सय भन्दा बढी भक्तजनले सहभागिता जनाएका थिए। यात्राको समापनमा बासुकीनाथ महादेव मन्दिरमा जलाभिषेक गरिएको थियो । शहनीले भने हरेक वर्ष साउन महिनामा यो कार्यक्रम गर्दै आएका छौं। यस वर्षको यात्रा विशेष रूपमा भव्य र सफल रह्यो।
यस वर्षको काँवर यात्राको आयोजना भगवती थान बटकेश्वर महादेव मन्दिर परिवारले गरेको थियो। यात्रामा सहभागी भएका एक भक्त शैलेश यादवले भने यस पटकको यात्रा अघिल्ला वर्षहरूको तुलनामा धेरै भव्य र व्यवस्थित थियो ।