पर्यटनमन्त्री पाण्डेले कार्यतालिका बनाएर काम गर्ने

<span class='c1'>पर्यटनमन्त्री पाण्डेले कार्यतालिका</span> <span class='c2'>बनाएर काम गर्ने</span>

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् ।

सोमबार आर्थिक वर्ष २०८। ०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन् ।

उनले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरीय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गरेका हुन् । उनले मन्त्रालयले बोकेका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताए ।

उनले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा, १२ गते पर्यटन महाशाखा, १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्नेगरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिएका छन् ।

त्यसैगरी उनले देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएको बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई प्रोत्साहन र उत्प्रेरणा दिनुपर्ने बताए ।
उनले आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम राख्नका लागि काम गर्ने अठोट समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्