कोबास कलेजले भन्यो “परिक्षणकालमा रहेका श्रेष्ठलाई नियुक्ति नदिने निर्णय भएको हो”

<span class='c1'>कोबास कलेजले भन्यो “परिक्षणकालमा रहेका श्रेष्ठलाई</span> <span class='c2'>नियुक्ति नदिने निर्णय भएको हो”</span>

विराटनगर । कलेज अफ बिजनेस एण्ड सोसल स्टडिज माध्यमिक विद्यालय (COBASS) ले प्रिन्सिपल पदमा परीक्षणकालमा रहेका सुनिल कुमार श्रेष्ठलाई नियुक्ति नदिने निर्णय गरेको छ।

विद्यालय सञ्चालक समितिले श्रेष्ठलाई मिति २०८१/०४/२० मा पत्र पठाई यस निणर्यको जानकारी गराएको छ।

पत्रमा उल्लेख भए अनुसार सुनिल कुमार श्रेष्ठलाई केही समय अगाडिदेखि प्रिन्सिपल पदमा परीक्षणकालमा नियमित ज्यालादारीमा राखिएको थियो। तर, परीक्षण अवधिमै उनको कार्यशैली सन्तोषजनक नभएको र विद्यालयको छविमा आँच पुग्न सक्ने अवस्था देखिएको कारण उनलाई स्थायी नियुक्ति नदिने निणर्य गरिएको जनाइएको छ।

यस निर्णयको जानकारी विराटनगर महानगरपालिकाको शिक्षा शाखालाई पनि दिइएको छ । सोमबार बिहानै कलेजमा श्रेष्ठलाई पश्न निषेध गरिएको थियो , उक्त निषेधपछी उनले मिडियामा आफुलाई कलेजको संचालकले बिना आधार हटाएको भनि कलेज गेटमा बिरोध प्रदर्शन समेत गरेका थिए ।

यता कलेज प्रशासनले भने उनलाई कार्यक्षमतामा चित्त नबुझेको कारण निरन्तरता दिन नसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्