देशभर हैजा संक्रमितको सङ्ख्या ३० पुग्यो

<span class='c1'>देशभर हैजा संक्रमितको</span> <span class='c2'>सङ्ख्या ३० पुग्यो</span>

काठमाडौँ । देशभर हैजा संक्रमितको सङ्ख्या ३० पुगेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर संक्रमितको सङ्ख्या ३० पुगेको हो ।

हैजा पुष्टि हुनेमा १८ जना पुरुष १२ जना महिला रहेका छन् । त्यसैगरी आठ जना १४ वर्ष मुनीका रहेका छन् । हैजा पुष्टि सबैभन्दा बढी ललितपुरमा रहेका छन् । ललितपुरमा १९ जनामा हैजा पुष्टि भएको छ । कैलालीमा ८ जना, प्युठानमा २ जना र काठमाडौँमा १ जना हैजा पुष्टि भएको छ ।

सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने अति सङ्क्रमण झाडापखाला हो । उहाँका अनुसार हैजा बनाउने ब्याक्टेरिया शरीरभित्र प्रवेश गरेर झाडापखाला लागि जलवियोजन भएर मृत्यु समेत हुने गर्छ ।

हैजा दूषित पानीको माध्यमबाट सर्ने गर्छ । त्यसका अतिरिक्त बासी खानेकुरा, नपकाएको खानेकुरा, सङ्क्रमित व्यक्तिले हात नधोई सरसामान छोएमा हैजा सर्छ ।

डा.पुनका अनुसार निरन्तर पातलो चामल धुँदा निस्कने चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाको प्रमुख लक्षण हुन् ।

झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्ने हुँदा केही घण्टाभित्रै जलवियोजन तथा इलेक्ट्रोलाइटको कमी हुने चिकित्सक बताउँछन् । जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन् ।

हैजा लाग्न नदिन सधैँ पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरे मात्रै पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारी सरसफाइलाई विशेष ध्यान दिन डा. पुनको सुझाव छ ।

महाशाखाले हैजा सम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्