सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी

<span class='c1'>सशस्त्र प्रहरीका ६८ जनाले</span> <span class='c2'>गरे क्लिफमा बञ्जी</span>

काठमाडौँ । सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् ।

प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले आज बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । सशस्त्रमा नयाँ प्रवेश गरेका असईहरूका लागि साहसिक खेलअन्तर्गत बञ्जी गराइएको हो ।

कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबका रूपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विभिन्न तालिमअन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्