विराटनगरका ब्यूटिसियनहरुलाई निःशुल्क वाटर प्रुफ सम्बन्धी‘ ब्राईडल मेकअप र हेयर ट्रेनिङ’

<span class='c1'>विराटनगरका ब्यूटिसियनहरुलाई निःशुल्क वाटर प्रुफ सम्बन्धी‘</span> <span class='c2'>ब्राईडल मेकअप र हेयर ट्रेनिङ’</span>

विराटनगर । विराटनगरका ब्यूटिसियनहरुलाई निःशुल्क एक दिने वाटर प्रुफ ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ दिएको छ ।

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटी विराटनगरले मंगलबार एक दिने निःशुल्क वाटर ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ दिएको हो ।

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरमा आवद्ध भएका सदस्य ब्यूटिसियनहरुलाई थप मेकअप सम्बन्धी थप अपग्रेड गराउनुको साथै उनीहरुको स्किल बढाउनको लागी ट्रेनिङ्गको आयोजना गरिएका्े महानगरकी अध्यक्ष भली सुब्बाले जानकारी दिनुभयो ।

एक दिने ट्रेनिङमा एक सय भन्दा बढी ब्यूटिसिनयहरूको सहभागिता रहेको छ । उक्त ट्रेनिङको उद्घाटन राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालकी उपमहासचिब ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ, कोशी प्रदेश अध्यक्ष कला डाँगीलगायतले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालकी कोशी प्रदेश अध्यक्ष कला डाँगीले ब्यूटिसियनहरुलाई वाटर प्रुफ ब्राइडल मेकअप र ब्राइडल हेयर ट्रेनिङले ठूलो सहयोग पुग्ने बताउनुभयो । यस्तो तालिम समय समयमा दिएर ब्यूटिसियनहरुलाई अपग्रेड गर्दै अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

वाटर प्रुफ ब्राइडल मेकअप र ब्राइडल हेयर ट्रेनिङको ट्रेनर राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरकी सचिव बसन्ती गुरूङले गर्नुभएको थियो । ट्रेनिङको उद्घाटन शत्रमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी उपमहासचिब ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ, प्रदेश अध्यक्ष कला डाँगी, कोशी प्रदेशकी पुर्व उपाध्यक्ष ललिता धिमाल, प्रदेश इन्चार्ज सायदा तमसुम, महानगरको निर्वतमान अध्यक्ष अमिता पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

नाबुन विराटनगरले आफ्ना सदस्य ब्यूटिसियनहरुलाई आत्मनिर्भर बनाउनको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रममा सहभागी नयाँ व्युटीसियनहरु महानगर कमिटि विराटनगरमा थप सदस्य थपिएका छन् । यसअघि पनि नाबुन विराटनगरले विभिन्न सामाजिक कामहरुदेखि ब्यूटिसिनयहरुको क्षमता अभिवृद्धीको कार्यक्रमहरु पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्