काठमाडौं । गृहमन्त्री रमेश लेखकले सबै दलहरु मिलेर नै सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन् ।
बुधबार टीआरसी विधेयकमा सहजिकरणका लागि कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरिसकेपछि मुलुकले विभिन्न उपलब्धिहरू प्राप्त गरेको बताएका हुन् ।
उनले भने, ‘हामीले एउटा ठुलो उपलब्धि सबै दलहरू मिलेर प्राप्त गरेका छौं भन्ने हामीलाई लागेको छ , किन भने धेरै लामो समयदेखि हामीले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्यौं, शसस्त्र द्वन्द्व शान्तिमा रुपान्तरण भइसकेपछि मुलुकले धेरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको छ ।’
उनले संविधानको सफल कार्यान्वयन भएको समेत उल्लेख गरे । उनले आर्थिक सामाजिक रुपले पनि मुलुक अगाडि बढेको बताए ।