भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचे : अध्यक्ष दाहाल

<span class='c1'>भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर</span> <span class='c2'>लखेट्ने प्रपञ्च रचे : अध्यक्ष दाहाल</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सरकारमा इतिहासमै नभएका फाइलहरु खुल्दा माओवादीलाई बाहिर लखेट्ने काम भएको बताएका छन् ।

आज (बुधबार) नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचिएको बताएका हुन् ।

उनले भने , ‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारवाही अगाडि बढायो , त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराएँ र ति भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे । मध्यरातमा लुकेर, छिपेर ,ढाँटेर सरकार गठन गरे ।’
साथै उनले नेपाली जनताको लागि प्रतिनिधिसभाको बैठकमा बोलेको सबै कुरा सत्य भएको बताएका छन् । उनले सरकारबाट छोड्दै गर्दा देशमा एउटा भाष्य बनेका समेत बताए ।

उनले भने, ‘अहिले हामी पार्टीको नेतृत्वको सरकारबाट विश्वासको मत लिने क्रममा मैले प्रतिनिधिसभामा जे सम्बोधन गरेको थिएँ त्यो प्रतिनिधिसभालाई मात्र होइन हाम्रो पार्टीका तमाम नेता कार्यक्रता र नेपाली जनतालाई यो देशका सबै उत्पीडित वर्गलाइ, जाती,क्षेत्र, लिंग र समूदायलाई एउटा नयाँ क्रान्तीको लागि गरिएको अपिल हो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्