नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्छ : मेयर महर्जन

<span class='c1'>नगर प्रहरी चुस्त र दुरुस्त</span> <span class='c2'>हुनुपर्छ : मेयर महर्जन</span>

काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्ने बताएका छन् ।

आज (बिहीबार) ललितपुर महानगरपालिकाद्धारा प्रकाशित तस्वीरमा नगर प्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नगर प्रहरी स्मार्ट हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ललितपुर नगरपालिकामा एउटा नयाँ कन्सेप्ट हामीले लियौं, त्यो भनेको चाहीँ नगर प्रहरी चुस्त र दुरुस्त हुनैपर्छ, नगर प्रहरीले स्मार्ट हुनुपर्छ, दिएको आदेश चाहीँ सफलपूर्ण पारेर आउनैपर्छ अनि मात्र काम हुन्छ । ’ उनले प्रहरीले सफल काम नगरे जनप्रतिनिधिको सुरक्षा महाभारत जस्तै हुने जिकिर गरे । उनले नगर प्रहरीले राम्रो काम गरे मात्र जनप्रतिनिधिको पनि सम्मान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्