विराटनगरमा १८ वटा जातिय संस्थाले ३० औँ विश्व आदिवासी दिवस मनाउने

<span class='c1'>विराटनगरमा १८ वटा जातिय संस्थाले ३०</span> <span class='c2'>औँ विश्व आदिवासी दिवस मनाउने</span>

विराटनगर । विराटनगर महानगरपालिकाभित्र रहेका १८ वटा जातिय संस्थाहरुले ३० औँ विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरले बिहीबार विराटनगरमा विभिन्न जातिय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको बैठकको निर्णयले झाँकी सहितको बृहत ¥याली साथै सांस्कृतिक कार्यक्रम गर्ने भएका हुन्।

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् विराटनगरको आयोजनामा साउन २६ गते विभिन्न जातजातिको झाँकी र मौलिकता झल्काउने बृहत ¥यालीसँगै सास्कृतिक कार्यक्रम गरिने भएको छ । दिवस कै अवसरमा नगरभित्रका १८ वटा जातिय संस्थाका पदाधिकारी तथा अगुवाहरुको उपस्थितीमा विराटनगरको महेन्द्र चौकमा साउन २५ गते शुक्रबार साँझ ६ः ३० बजे दिप प्रज्वलन गर्ने जनाइएको छ ।

त्यसैगरी साउन २६ गते बिहान १० बजे शनिबार विराटनगर महानगरपालिकास्थित मारवडी सेवा सदनमा भेला भई बृहत ¥यालीले नगरपरिक्रममा गरी विराटनगर ११ स्थिती होटल संगम पार्टी प्यालेसमा रक्तदान , झांकी प्रदर्शनी – सांस्कृतिक कार्यक्रम तथा शुभकामना शुभकामना आदान प्रदान कार्यक्रमहरु रहेको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विराटनगरका अध्यक्ष सुरेश सिंह गनगाईले जानकारी दिनुभयो ।

‘‘संविधान प्रदत्त अधिकार आदिवासीको विशेष क्षेत्र , संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी काम काजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर ’’ भन्ने मुल नारा सहित यस पटक विश्व आदिवासी जनजाति मनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्