टीआरसी विधेयक कानून समितिबाट पारित

<span class='c1'>टीआरसी विधेयक कानून</span> <span class='c2'>समितिबाट पारित</span>

काठमाडौं । संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ ।

सिंहदरबारमा आज (बिहीबार) बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।

बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रुपमा नै पारित भएको घोषणा गरेकी हुन् । उनले समितिबाट पारित भएको विधेयकलाई संसद्को अर्को बैठकमा पेस गर्नेगरी पत्राचार गर्ने बताइन् । उनले भनिन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदनको मस्यौदालाई प्रस्तुत भएकै रूपमा पारित भएको घोषणा गर्छु । आजको बैठकबाट पारित भएको समितिको प्रतिवेदनलाइ प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्ने व्यवस्था मिलाइदिनको लागि सम्माननीय सभामुख समक्ष पत्रका साथ अनुरोध गरिने व्यवस्था मान्य सदस्यलाई अवगत गराउँछु । ’

त्यस्तै, बैठकमा कानूनमन्त्री अजय कुमार चौरसियाले मानव अधिकार उलंघन गर्ने, पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगायतका विभिन्न सवालमा दलहरुबीचको सहमति महत्वपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्