विराटनगरको परोपकार घाटमा ‘परमार्थ सिंघिया आरती’ हुँदै

<span class='c1'>विराटनगरको परोपकार घाटमा ‘परमार्थ</span> <span class='c2'>सिंघिया आरती’ हुँदै</span>

विराटनगर । विराटनगर-१ मा रहेको परोपकार घाटमा शुक्रबार साँझदेखि चार दिनसम्म 'परमार्थ सिंघिया आरती' कार्यक्रम हुने भएको छ।

आरती सेवा संस्थाले गरेको पत्रकार सम्मेलनमा यस आरतीले बन्धु-बान्धव्यको भावना जागृत गराउने र उच्चस्तरमा पु¥याउने लक्ष्य राखेको जानकारी दिइयो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार साँझ वैदिक मन्त्रोच्चारणका साथ आरतीको उद्घाटन गर्ने कार्यक्रम छ। शुक्रबारदेखि सोमबारसम्म हरेक दिन साँझ साढे ५ बजे आरती कार्यक्रम हुनेछ।

आरती सेवा संस्थाका सल्लाहकार शंकर खरेलका अनुसार, ४ दिनको महाआरती कार्यक्रम पश्चात् हरेक शुक्रबार साँझ नियमित रूपमा आरती कार्यक्रम हुने छ। महिला भजन समूहको सहभागितामा आरतीलाई भव्य बनाइनेछ।

उच्च अदालतका पूर्व अध्यक्ष भीमेन्द्रबहादुर कार्कीको संयोजकत्वमा २५१ सदस्यीय मूल समिति गठन गरिएको छ। आरतीलाई व्यापक र विस्तृत बनाउन ५१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।
यस आरतीले विराटनगरलाई धार्मिक पर्यटन केन्द्र बनाउने, सामाजिक एकता कायम गर्ने र एकताको भावना प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रममा २५ हजार श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्