विराटनगर साउन २५,
शुक्रबार बिहानै विराटनगरसहित पूर्वका विभिन्न स्थानमा भुइँचालोको धक्का महसुस भएको छ ।
बिहान ७ बजेर १२ मिनेटमा गएको भूकम्पबाट झापा, मोरङ लगायत कोशीका विभिन्न स्थानमा धक्का महसुस भएको हो। ४ दशमलव ५ म्याग्नेच्युटको भुइँचालो गएको केन्द्रीय यूरो मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम भएको सेन्टरले जानकारी दिएको छ।