प्रभु बैंक बिर्तामोडका कर्मचारी प्रमोद अझै सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

<span class='c1'>प्रभु बैंक बिर्तामोडका कर्मचारी प्रमोद</span> <span class='c2'>अझै सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह</span>

झापा साउन २५,

सम्पर्कविहीन भएका प्रभु बैंक बिर्तामोडका कर्मचारी प्रमोद सिटौलाका परिवार तथा आफन्तजनले उनको खोजी गरिदिन सबैसँग आग्रह गरेका छन्।

सिटौलाकी आमा पवित्रा सिटौलाले छोराको खोजी गरिदिन आग्रह गरेकी छन्। बिहीबार साँझ बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छोरालाई घरबाटै लैजाने तीन जना व्यक्तिहरूलाई छोरा ल्याइदिन आग्रह गरेकी हुन्। आफ्नो छोराको गल्ती भए कारबाही गर्न पनि उनले बताइन्।

सिटौला परिवारले छोरा हराएको ९ दिन भइसकेको जनाएको छ। पत्रकार सम्मेलनमा श्रीमती एलिसा बुढाथोकीले आफ्नो श्रीमानलाई टिकाराम नेपाल ‘नेती’, स्वागत नेपाल र तुलसी उप्रेतीले घरबाटै लगेको बताइन्। उनले भनिन्,’प्रमोदलाई जस्ले उठाएर घरबाट लिएर हिँडेका हुन् उनीहरूले ल्याइदिनुपर्छ।’

प्रभु बैंक बिर्तामोडमा मञ्जुकुमारी नेपालको नाममा रहेको खाताबाट जम्मा गरिएको १ करोड १० लाख ४३ हजार रुपैयाँ गायव भएको नेपाल परिवारले यसअघि नै सार्वजनिक गरिसकेको छ।

उनीहरूले बैंकमा रकम जम्मा गरेको सबै प्रमाण आफूहरूसँग सुरक्षित रहेको भन्दै सार्वजनिक नै गरिसकेका छन्। उक्त प्रमाणबारे बैंकले सबै कागजातहरु नक्कली भनिसकेको छ।

बैंकले अन्तिम विज्ञप्तिमा भनेको थियो, नक्कली कागजात बनाउने कार्यमा तत्कालिन कर्मचारी सिटौलाको संलग्नता रहेको छ।

बैंकका कर्मचारी सिटौला बेपत्ता भएको विषयमा नेपाल पक्षले तत्कालै बैंकलाई जानकारी दिएको जनाएका छन्। होटलमा कुराकानीका क्रममा बाहिर निस्केका सिटौला बारे तत्कालै बैंकलाई जानकारी गराइएको थियो।

सिटौलाको खोजीका विषयमा प्रहरी प्रशासनले समेत असहयोग गरिरहेको परिवारको आरोप छ। प्रहरी प्रशासन तथा बैंकले प्रमोदको खोजीमा सहयोग नगरेको उनीहरुको गुनासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्