विराटनगरमा सडकका खाल्डा, सवारी नपल्टी टाल्दैन महानगर

<span class='c1'>विराटनगरमा सडकका खाल्डा, सवारी</span> <span class='c2'>नपल्टी टाल्दैन महानगर</span>

इन्दु साह
विराटनगर । विराटनगरको तीनपैनी चौकमा चौबाटो छ । त्यहाँबाट जनता स्कुल, सिडियो कार्यालय, राधाकृष्ण मन्दिर र महानगरपालिका जान सकिन्छ।  दैनिक यहि बाटो भएर आफ्नो कार्यस्थल जाने २२ वर्षीय कुशल कोइरालाका अनुसार सडकका खाल्डाले चौबाटोमा मोड लिन समस्या छ । कटहरी करिडोरका लागि मालवस्तु बोकेका मालवहाक ट्रक बरगाछी बाईपास भएर तीनपैनी–शनिहाट–हाटखोला निस्कन्छन् । माल वहाक सवारीका कारण सडकमा खाल्डाखुल्डी बढ्दा छन् ।

कोइरालाका अनुसार कहिले काँहि यिनै मालवहाकबाट जोगिन आफ्नो सवारी खाल्डातर्फ साइड लगाउनुपर्छ, त्यसबेला दुर्घटना हुन्छ की भन्ने भयले मुखमा ‘रामराम’ आईहाल्छ । यहाँ मात्रै हैन विराटनगरमा दुर्घटना जोखिम निम्त्याउने खाल्डाको कमी छैन । तर, महानगरपालिका भर्खरै परेको खाल्डा पुर्दैन, मर्मत गर्दैन । खाल्डो बढ्दै गएर क्रमशः सवारी साधन नै पस्ने स्थिति आएपछि मात्रै देख्ने पुरानो समस्या अहिले पनि छ ।

व्यस्त सडकहरुमा खाडलका कारण दुर्घटना समेत हुने गरेको छ । केहि स्थानमा माटोले पुरिएको छ । पानी पर्न साथ हिलो भएर चिप्लिने जोखिम छ । विशेषगरी सडकका टर्निङ पोइन्टहरूमा ठूला–ठूला खाल्डाहरू देखिन्छन् । यसैगरी स्लाबले जोडिएको सडकको जोइन्ट आसपास सबैतिर प्रायः खाल्डाखुल्डी छन् । महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठले भने सडकमा खाडल हुनासाथ मर्मत गरीनुपर्ने भएपनि त्यसको व्यवस्थापन मिलाउन नसकिरहेको बताए । उनले अहिले विराटनगरका खाल्डा पुर्नका लागि महानगरपालिकाको टोलिले लागत अनुमान निकालिरहेको दावी गरे ।

चार्डपर्व वा कुनै उत्सव वा राधाकृष्ण रथयात्रालाई लक्षित गरेर मात्र मर्मत कार्य हुने थिती महानगरपालिकामा छ । सकभर केहि दिन पछि खाडल मर्मत कार्य सुरु हुन्छ, श्रेष्ठले भने–अब रथयात्राको लागि समेत एक पटक सडक रफ्फु गर्नैपर्ने हुन्छ । भदौ ११ गते राधाकृष्ण रथ यात्रा निकाल्ने तयारी भईरहेको छ । रथ तिनपैनी–रोडशेष चौक–महेन्द्र चौक–बरगाछी हँदै पानी ट्याङ्कीस्थित राधाकृष्ण मन्दिरमा लगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्