डेंगुको रोकथामका उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

<span class='c1'>डेंगुको रोकथामका उपाय अपनाउन</span> <span class='c2'>स्वास्थ्य मन्त्रालयको आग्रह</span>

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमणबाट बच्न डेंगुको रोकथामका उपाय अपनाउन आग्रह गरेको छ ।

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामीहरु नेपालमा केही सयम यता बढिरहेकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न मन्त्रालयको आग्रह छ ।

त्यस्तै, घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फुलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न, साझ र बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिदा लामखुट्टेले नटोकोस भनेर विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म नेपालका ७३ जिल्लाबाट दुई हजार ३६५ डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार डेंगु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । डा. चालिसेका अनुसार एकासी उच्च ज्वरो आउने, मांसपेसी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने वान्ता हुने डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन् । चिकित्सकका अनुुसार लामखुट्टेको टोकाइबाट बच्नुनै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्