विराटनगरको सेन्टजोसेफ+२ मा हुँदैछ अनौठो ‘फ्रेसर पुल पार्टी’

<span class='c1'>विराटनगरको सेन्टजोसेफ+२ मा हुँदैछ</span> <span class='c2'>अनौठो ‘फ्रेसर पुल पार्टी’</span>

विराटनगर । विराटनगरको सेन्टजोसेफ+२ कलेजले आगामी शनिबार एक अनौठो 'फ्रेसर पुल पार्टी' को आयोजना गर्दैछ।

उक्त कार्यक्रम कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि लक्षित गरिएको छ। उक्त कार्यक्रम कक्षा १२ का होटल म्यानेजमेन्टका विद्यार्थीहरुले आयोजना गरेका हुन्।

कलेजका निर्देशक रोहित जंग थपलियाका अनुसार, यो पार्टी विराटनगरमा पहिलो पटक हवाई र समुद्र किनारको थिममा आयोजना हुन लागेको हो। कार्यक्रमस्थल कृत्रिम छाप्रा र नरिवलका रुखहरूले सजाईएको छ, जसले समुद्र किनारको वातावरण सिर्जना गर्नुका साथै बीच पार्टीमा पाइने सम्पुर्ण खानेकुरा पाइने छ।

कार्यक्रममा सिरश ब्यान्ड, डिजे ईश्वर र लाइभ म्युजिकको प्रस्तुति हुनेछ। साथै, विद्यार्थीहरूले हुलाहुप र लिम्बो जस्ता खेलहरू खेल्न पाउनेछन्। यो विशेष कार्यक्रम साउन २५ गते शनिबार दिउँसो ४ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ। यसले नयाँ विद्यार्थीहरूलाई एक अर्कासँग परिचित हुने र कलेज जीवनको सुरुवात गर्ने अनौठो अवसर प्रदान गर्नेछ।

उक्त कार्यक्रमको व्यवस्थापन म्यानेजमेन्टका विद्यार्थी,प्राविधिक व्यवस्थापन साइन्सका विद्यार्थी र सम्पूर्ण फुड लगायतको व्यवस्थापन होटल म्यानेजमेन्टका विद्यार्थीहरु आफैँले गरेका कलेजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्