मोरङका सीमा कारोबारीसँग प्रशासन कनेक्सन–सामान गाडीमा, गड्डी गोजीमा

<span class='c1'>मोरङका सीमा कारोबारीसँग प्रशासन</span> <span class='c2'>कनेक्सन–सामान गाडीमा, गड्डी गोजीमा</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ भुटाहा दुर्गा मन्दिरबाट तस्करीको नयाँ नाका शिलन्यास भयो । दुर्गा मा.वि. विद्यालय परिसर भएको ठाउँबाट वारीपारि गर्ने सहजै गौंडा खोलियो । कारोबारी दिनेश ठाकुर, अजय साह र राजेश यादवले पारी–वारी कारोबार थाले ।

सशस्त्रको भुटाहा बिओपी नजिकै उनीहरुको गोदाम छ । सीमा नजिक गोदाममा भन्सार छलेर भित्रिएको सामान विराटनगरसहित अन्य बजारमा सजिलै पुग्न थाल्यो । सीमा क्षेत्रको यो कारोबारको कनेक्सन प्रशासन संयन्त्रसँग प्रत्यक्ष जोडिदै आएको छ । भन्सार छलेर भित्रिएको सामानको बिलबिजक जारी गरेर गाडीमा लोड भएको सामान देवकोटा चौकसँग जोडिएको सडकमार्ग हुँदै बजारसम्म ल्याउन सीमा सुरक्षामा खटिने र सामाजिक सुरक्षाको जिम्मेवारी बोकेको प्रहरीदेखि प्रशासन संयन्त्रका प्रमुखसम्मका गोजीमा पैसाका गड्डी पनि सँगै पठाइन्छ ।

जहदा–१ कुडरिया नाका समेत केहिवर्ष अगाडीदेखि चल्तीमा छ । यहाँबाट हुने तस्करीको लाइनको पैसा राजनीति पार्टीसम्म पुग्ने गरेको बताइन्छ । केहिदिन अगाडी मोरङमा तस्करीको लाइन चलाउन खुल्ला गरिएपछि बाँडफाँड हुने कमिसन ‘धेरथोर’ को नाममा तीन सुरक्षा संयन्त्रबीच चौतर्फी मनमुटाव भएको घटना बाहिर आएको थियो । त्यो घटनामा मासिक १५ लाख दिने जहदा–१ को यहि नाकाबाट हुने तस्करीको पैसा सराबरी बाँड्नु पर्ने शर्तमा विवाद बढेको बताइन्छ । खाद्यन्न तथा अन्य आइटम नेपाल भित्र्याएर उनीहरुले बजारसम्म ल्याउने लाइनमा प्रशासन संयन्त्रको संस्थागत मिलिभगत रहेको दावी छ ।

यो विराटनगरदेखि यसो परको तस्करी लाइन हो । विराटनगर आसपासका नाका हुँदै कारोबार गर्ने अर्को समूह हो सुरेश यादव र सवनम भन्ने व्यक्ति । उनीहरुले सेटिङमा चलाउने लाइनको मोटो रकम देखादेखि राजमार्गबाटै चलिरहेको हुन्छ । बजारमा मालवस्तु पठाउने यो समूहका मुख्य हो सवनम पड्का र उनका सारथी सुरेश यादव । दुवै मिलिभगतमा चल्ने लाइन बजारसम्म कपडादेखि खाद्यन्नसम्म आउने गरेको छ । यहि हिसाबको लाइन विराटनगर गुद्रीका बिनोद केसरीले खाद्यन्न र अकबर अलीले कपडाको चलाउँदै आएका छन् ।

विराटनगर आसपासका नाका हुँदै जहदासम्मको यो लाइनको सेटिङ जस्तै नोचाबाट लावालस्कर चौपायाको तस्करी हुने गरेको छ । नोचा÷अमाही वरियातीमा नाजिर हुसैन, सैदय आलम र असद अली सीमा क्षेत्रमा दैनिक जुर्मराउने गरेका छन् । उनीहरुले भन्दा पनि प्रहरी मिलाएको छ भनेर सिधै भन्ने गरेको स्रोतले बताउँछ । उनीहरुले प्रहरीका उच्च अधिकारीलाई मिलाएको धम्की स्थानीयलाई दिने गरेका छन् । उनीहरुको कभरमा चल्ने अन्य लाइनवालासँग मासिक रकम समेत उनीहरुले लिने गरेका छन् । जुन रकम सिधै प्रहरीसम्म आउने गरेको बताइन्छ ।

यसैगरी अमाहिवरिायती र खयरबोनाबाट धनपालथानका जयप्रकाश साहले खाद्यन्नको लाइन चलाउँदै आएका छन् । उनी पुराना कारोबारी समेत हुन् । खयरबोना नाकामा उनका गोदामले बाटो समेत छेक्ने गरेपनि कसैले चलाउन सक्ने अवस्था छैन । साहसँग यस विषयमा बुझ्दा उनले महेश साहलाई फोन गरेर भेट्न सुझाए । उनले भनेका साहलाई फोन गर्दा अहिले ठूलो परिमाणमा ल्याउन बाटोका कारण नसकेको भने । ‘अहिले मान्छे नै हिड्न सक्ने बाटो छैन, मिललाई बिक्री गर्ने गरि खाद्यन्न कसरी ल्याउन सकिन्छ ?’ उनले भने–अब बाटो सुख्खा भएपछि लाइन चल्छ अनि भेटौंला ।

यसैगरी रंगेलीको चोप्राहा बोर्डरमा भारतीय नागरिक तुलसी पासवान र नेपालका बिल्ला साह भन्ने व्यक्तिले मिलेर लाइन चलाउँदै आएका छन् । उनीहरुले खाद्यन्नदेखि खैनीसुर्तीसम्मको कारोबार गर्दै आएका हुन् । रंगेली तथा सिजुवा प्रहरीमा सेटिङ मिलेपछि उनीहरु लाइन चलाउन भ्याईनभ्याईमा रहेको स्रोत बताउँन्छ ।
डुमरिया नाकाबाट चन्दन साह र श्रवण साहले खाद्यन्न, मरिच, चिया मसला हुँदै रासायनिक मलसम्म भित्र्याउँदै आएका छन् । उनीहरुले भित्र्याएको सामान विराटनगरका बजारसम्म आउने गर्दछ ।

सीमा क्षेत्रमा घुमडुल गर्दै पुग्ने क्रममा देखिने कारोबारका बारेमा स्थानीयसँग सोध्दा बोल्न सक्दैनन् । केहिदिन अगाडी मात्रै जहदा–१ को भुटाहामा पुग्दा चारवटा मालवहाक ट्रकमा सामान लोड भईरहेको थियो । तर, त्यो सामान कसको हो भन्दा कसैले पनि कारोबारीको नाम लिएनन् ।
भारतबाट भित्रिएको सामान विराटनगरसहित आसपासका पसलमा पुग्ने गरेका छन् । यसका लागि प्रहरीले जिम्मेवारी तोकेर पैसा कलेक्टर परिचालन गरेको दावी छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संस्थागत रुपमा लाइन चलाइरहेको थाहा पाएपछि भाग खोजेको राष्ट्रिय अनुसन्धानसँग अहिले विवाद उत्कर्षमा पुगेको छ । राष्ट्रिय अनुसन्धानले आफैं लाइन चलाउन नसकेपनि नेपाल प्रहरी र सशस्त्रले चलाएको लाइनमा दर्जा अनुसारको भाग लाग्नु पर्ने माग यस अगाडीदेखि नै गर्दै आएको थियो । पछिल्लो समयमा विवाद समेत यहि विषयमा भएपछि अहिले सीमाको लाइन दिउँसो मथ्थर तथा राती पथ्थर भएर चलिरहेको दावी गरिन्छ ।

विराटनगर बरगाछीका बल्लु अग्रवालले यस अगाडी कपडा तस्करी गर्दै आएका थिए । बीचमा उनले नाका परिवर्तन गरेर सुनसरी बाइपास गरेका थिए । सुनसरी तस्करी भई आउने सामान उनको पसलसम्म ल्याउने क्यारिङ्ग समूहलाई अहिले जिम्मेवारी दिएका छन् । यद्यपी उनले पनि त्यो सबै गर्न पैसाको गड्डी भने तयारी राख्ने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्