टिआरसी विधेयक पीडितमैत्री छः गृहमन्त्री लेखक

<span class='c1'>टिआरसी विधेयक पीडितमैत्री</span> <span class='c2'>छः गृहमन्त्री लेखक</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढि कैदीबन्दी जबरजस्तीकरणीका रहेको बताएका छन् ।

आज (शनिबार) ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताएका हुन् ।

उनले भने, ‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका छन् । रेप भनेको रेप नै हो । बन्दुक बोकेका मान्छेलाई गरेपनि साधारण व्यक्तिलाई गरेपनि रेप भनेको रेप नै हो । अरु अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्दका अपराधहरु छन्, कोही राज्य विरुद्दका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्दको अपराध हो । यी पीडाहरुलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौं भने बलात्कारलाई देशमा कम गर्न सक्छौं ।’ उनले अहिलेको विधेयक पीडितमैत्री भएको बताए । उनले सबै पीडितलाई एक ठाउँमा लिएर पीडकको पीडा समाधान गर्नुपर्ने बताए । यस्तै गृहमन्त्रीले कानून जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताए । उनले पीडकको पीडा पीडितले मात्र बुझ्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्