अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

<span class='c1'>अवैध लागूऔषधसहित विभिन्न स्थानबाट</span> <span class='c2'>१५ जना पक्राउ</span>

काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका–५ सेउती पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय बसन तामाङ र धरान उपमहानगरपालिका–१५ बस्ने २६ वर्षीय रूपेश तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, दुहवी नगरपालिका–५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा करिब ३९ किलो १ सय ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका–९ बस्ने २३ वर्षीय राम बहादुर राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बा.५७ प १२२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरा र झोलामा राखिएको ३६ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका–१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम, नगद ४ हजार ८ सय ३० रूपैयाँ र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका–१० सर्वेश्वरी टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले ती किशोरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका–१३ बाहुन्नेबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही नगरपालिका–१४ बस्ने २५ वर्षीया रूप बहादुर थिङ समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका–१ बजार लाईनस्थित निर्माणाधिन घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुजन गुरूङ समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका–३ आदर्श टोल बस्ने ३८ वर्षीय निगु दोर्जे तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–१७ पिपरहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी प्रतापपुर गाउँपालिका–५ बसहिया बस्ने ४० वर्षीय अनिल कुमार कुर्मी र ५४ वर्षीय फेकु पासी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले युपि ५७ एच ८६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्सा, जगरनाथपुर गाउँपालिका–४ सोपुरबाट अवैध लागूऔषध गाँजा १७ किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ दसौता टोल बस्ने ६० वर्षीय लक्ष्मण राउत र भारत बिहार राज्य घर भएका २० वर्षीय नयाज आलम रहेका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले लक्ष्मणको साथबाट ९ किलो र नयाजको साथबाट ८ किलो गाँजा फेला पारी पक्राउ गरेको हो । साथै सोही स्थानमा प्रहरीलाई देखि १ जना पुरूषले ५ किलोग्राम गाँजा फाली फरार भएका थिए । प्रहरीले उक्त गाँजा बरामद गरी हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्