साहित्यकार प्रधानका सादृश्य विम्ब कथा संग्रह र लेखान्त नाटक लोकार्पण

<span class='c1'>साहित्यकार प्रधानका सादृश्य विम्ब कथा</span> <span class='c2'>संग्रह र लेखान्त नाटक लोकार्पण</span>

काठमाडौं । साहित्यकार नवीन प्रधानद्धारा रचित सादृश्य विम्ब कथासंग्रह र लेखान्त नाटक दुई कृति लोकार्पण गरिएको छ ।

आज (शनिबार) नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले सो पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी जीवन सबै भन्दा व्यस्त हुने बताए । उनले भने, ‘पेसागत व्यस्थताका साथसाथै गरेका अनुभवका कुराहरुलाई कृतिमार्फत प्रस्तुत गर्न निकै गाह्रो हुन्छ, समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्दै आम नागरीकमा प्रहरी सेवा जस्तो अति नै व्यस्त कार्यशैलीमा रहँदारहँदै पनि साहित्य एवम कलाकृति लेखनमा समेत योगदान दिएर समय निकाल्न सफल भएकोमा आजका श्रष्ठाको महत्वपूर्ण भूमिका छ ।’

उनले साहित्य लेखन एउटा आफैंमा कठिन विषय भएको बताए । उनले साहित्य पुस्तक लेख्दा ज्ञान, क्षमताका साथै धैर्यताको पनि उत्तिकै आवश्यकता हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्