कविता सङ्ग्रह “हावामा अल्झिएकाे स्वर” लाेकार्पण

<span class='c1'>कविता सङ्ग्रह “हावामा</span> <span class='c2'>अल्झिएकाे स्वर” लाेकार्पण</span>

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित कवि सिजन श्रेष्ठको कवितासङ्ग्रह "हावामा अल्झिएको स्वर" को लोकार्पण गरिएको छ।

सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृतिको लोकार्पण गरेका थिए । ५३ वटा कविता समावेश गरिएको सङ्ग्रहका बारेमा डा. दीपकप्रसाद न्यौपाने तथा डा. अस्मिता विष्टले समीक्षा गरेका थिए । समीक्षकहरूले कृतिमा समावेश कविताहरू उत्कृष्ट रहेको साथै प्रकृति प्रेम तथा माया पिरतीका विषयमा रचिएका कविताहरूले दिन खोजेको भाव अर्थपूर्ण र वैज्ञानिक रहेको टिप्पणी गरे ।

कवि श्रेष्ठलाई अत्यन्त सिल्प र विशिष्ट प्रेमका कविता लेख्ने कविका रूपमा चिनिन्छ। उनका कवितामा झट्ट पढ्दा बुझ्न नसकिए पनि गहिरिएर अध्ययन गर्दा अत्यन्तै सुन्दर शब्द संयोजन र अर्थ पाइन्छ। उनको लेखनशैलीमा प्रकृतिसँगको गहिरो सम्बन्ध , मानवीय संवेदनाको सूक्ष्म चित्रण पाइन्छ। श्रेष्ठ अध्ययनशील र परिश्रमी कवि हुन् जसले निरन्तर आफ्नो सिर्जनशीलतालाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गर्दछन्।

आफ्नो पहिलो कृति प्रकाशित हुँदा हर्षित भएको कुरा कवि श्रेष्ठले हावामा उबेला अभिव्यक्त गर्न नसकिएको स्वर नै यो कृतिमा राखिएको बताए । उनले पारिवारिक परिवेश र बुवाआमाको प्रेरणाले सानै उमेरदेखि लेखनमा लागेको उल्लेख गर्दै प्रकृतिसँग नजिक हुन रूचाउने र प्रकृतिसँग बोल्ने आफ्नो स्वभावले गर्दा कृतिमा प्रकृतिप्रतिको माया उजागर भएको बताए । यसका अलावा गरिबी र परदेशिनु वाध्यता समावेश गरिएको छ ।

कविता सङ्ग्रहको प्रकाशनले नेपाली साहित्य जगतमा एक नवीन र प्रतिभाशाली कविको उदय भएको सहभागीले बताएका थिए । श्रेष्ठको यो कृतिले पाठकहरूलाई नयाँ दृष्टिकोण र गहन अनुभूतिको यात्रामा लैजाने अपेक्षा गरिएको साहित्यकारहरू बताउछन् । लाेकार्पण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर थापा लगायत प्राध्यापक, समाजसेवी, विद्यार्थी र साहित्यकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजना सुकुना बहुमुखी क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले गरेको थियो। कार्यक्रम समितिका संयोजक विदुर सुवेदीकाे अध्यक्षतामा भएको थियो। भने कार्यक्रम सञ्चालन अनिल पोखरेलले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्