विराटनगरमा आदिवासी जनजाति दिवस मनाइयो

<span class='c1'>विराटनगरमा आदिवासी जनजाति</span> <span class='c2'>दिवस मनाइयो</span>

विराटनगर । विराटनगरमा विभिन्न कार्यक्रम आयोजना ३० औं विश्व आदिवासी जनजाति दिवस मनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको संयोजनामा आज विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी ३० औं विश्व आदिवासी जनजाति दिवस मनाएको हो ।

विराटनगर महानगरपालिका भित्रका १८ वटा जातिय सामुदायले आफ्नो जातिय पोशकमा सजिएर झाँकी सहित विराटनगरको मारवडी सामुदायमा भेला भएर निकालिएको र्यालाीले नगरको विभिन्न भाग परिक्रमा गर्दै संगम पार्टी प्यालेसमा पुगेर कार्यक्रम भएको थियो ।

र्‍याली पछि आयोजित कार्यक्रममा जनजाति समुदायका अगुवा तथा अभियन्ताहरुले विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनि यो दिवस मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्