धमला सामाजिक सेवा प्रतिष्ठानको तेस्रो साधारण सभा सम्पन्न

<span class='c1'>धमला सामाजिक सेवा प्रतिष्ठानको</span> <span class='c2'>तेस्रो साधारण सभा सम्पन्न</span>

विराटनगर । विराटनगर १९ स्थित धमला सामाजिक सेवा प्रतिष्ठानको सामुदायिक भवनमा शनिबार तेस्रो साधारण सभा सम्पन्न भएको छ।

सभाबाट डा. भेषप्रसाद धमलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

कार्यक्रममा विभिन्न सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। विशेषगरी, स्वास्थ्य शिविर सञ्चालनमा योगदान पुर्‍याउनुभएका डा. जिवननाथ धमलालाई सम्मानपत्र प्रदान गरियो। साथै, संस्थाका आजीवन सदस्यहरू र संरक्षक सदस्यहरूलाई पनि सम्मानित गरियो।
सभामा विराटनगर महानगरपालिका-१९ का दुई विद्यालय र कञ्चनबारीको एक विद्यालयका गरी जम्मा २१ जना विपन्न विद्यार्थीहरूलाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. भेषप्रसाद धमलाले गरेका थिए। भने प्रमुख अतिथि समाजसेवी विशेश्वर प्रसाद धमला रहेका थिए। कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव महेन्द्र धमलाले गरेका थिए। धनकुटा, सुनसरी, ओखलढुङ्गा लगायत विभिन्न ठाउँबाट सदस्यहरू कार्यक्रममा उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्