इटहरीमा डेढ वर्षीया बालिकाको हत्या, आरोपित सालिग्राम लुइँटेलमा मानसिक समस्या

<span class='c1'>इटहरीमा डेढ वर्षीया बालिकाको हत्या,</span> <span class='c2'>आरोपित सालिग्राम लुइँटेलमा मानसिक समस्या</span>

विराटनगर । इटहरीमा शनिबार दिउँसो एक नाबालिकाको हत्या गरिएको छ ।

मानसिक समस्या भएका इटहरी ५ पचरुखीका ३० वर्षीय सालिग्राम लुइँटेलले आफ्नै डेढ वर्षीया भतिजी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गरेकाे आरोप छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, सालिग्रामलाई घटनास्थलबाटै ब्लेडसहित नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानले उनले मानसिक समस्या रहेको र डिप्रेसनको औषधि सेवन गरिरहेकाे खुलेको छ ।

सालिग्राम केही वर्षअघि घरको छतबाट हाम्फाल्दा ढाड पनि भाँचिएको थियो। मृतक बालिकाका बुबा नवराज लुइँटेल वैदेशिक रोजगारीमा छन्। घटनापछि बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटना बारे थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्