विराटनगर । विराटनगर–५ लाइफ गार्ड अस्पतालमा बिद्युत सर्ट भएर आगलागी भएको छ । आइतबार दिउँसो अचानक धुँवा फैलिएपछि भागाभाग चलेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आईसियु कक्षमा बिद्युत सर्टबाट आगलागी भएको हो । तर, ठूलो क्षति देखिएको छैन । आगो नियन्त्रणमा लिईसकिएको जानकारी दिइएको छ ।