श्रम आप्रवासन सम्बन्धी नीतिको मस्यौदा हस्तान्तरण

<span class='c1'>श्रम आप्रवासन सम्बन्धी</span> <span class='c2'>नीतिको मस्यौदा हस्तान्तरण</span>

काठमाडौं । श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले तयार गरेको नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई हस्तान्तरण गरिएको छ ।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा.गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा हस्तान्तरण गरेको हो ।

कार्यक्रममा श्रममन्त्री भण्डारीले नेपालमा राष्ट्रिय आप्रवासन नीति बन्न जरुरी छ भन्ने लागेर आफू पहिले मन्त्री हुँदा नै पहल गरेको बताए । वर्तमान अवस्थामा नेपालको निम्ति कस्तो आप्रवासन नीति ठिक हुन्छ भनेर धेरै मेहेनतका साथ नीतिको मस्यौदा भएको उनले बताए । उनले भने,‘यो क्षेत्रमा धेरै महत्वपूर्ण योगदान दिने सल्लाह गर्यौं । त्यही आधारमा विज्ञहरुसँग पनि सल्लाह गर्यौं । र राष्ट्रिय आप्रवासन नीति नेपालको बन्नुपर्छ भनेर म मन्त्री हुँदा नै डा.गणेश गुरुङलाई आग्रह गरेको थिए र उहाँहरुको टोलीले काम सुरु गर्नुभएको थियो । अहिले नेपालको निम्ति कस्तो आप्रवासन नीति ठिक हुन्छ भनेर धेरै मेहेनतकासाथ नीतिको मस्यौदा बनाउनुभयो ।’

उनले वैदेशिक रोजगारीमा देखिएका समस्यालाई समाधान गर्दै व्यवस्थित गर्दै लैजानेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्