भारतीय विदेश सचिवले गरे नेपाल भाषा परिषद् भवन उद्घाटन

<span class='c1'>भारतीय विदेश सचिवले गरे नेपाल</span> <span class='c2'>भाषा परिषद् भवन उद्घाटन</span>

काठमाडौं । नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत सरकारको सहयोगमा निर्माण गरिएको भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका छन् ।

आइतबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको उपस्थितिमा संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो भवन भारत सरकारको अनुदानमा निर्माण गरिएको हो । २०७२ को महाभूकम्पले क्षति भएको उक्त भवन भारत सरकारले भूकम्पपछिको पूननिर्माणमा सघाउने कार्यक्रमअन्तर्गत निर्माण गरेको हो ।

सोमबार स्वदेश फकिर्ने कार्यसूची रहेका सचिवले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्