झापा । झापाको भद्रपुर नगरपालिका-१ स्थित रहेको देवि खोलामा खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
आइतबार साँझ ५ बजे स्थानीय महेश रसाईलीको ९ वर्षीय छोरा सौरभ रसाईली खोलामा खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानीयलेदेखि खोलाबाट बाहिर निकाली उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल