चितवन र काठमाण्डौं जस्तै परिणाममुखी कृषि एक्स्पो विराटनगरमा लगाउने तयारी

<span class='c1'>चितवन र काठमाण्डौं जस्तै परिणाममुखी</span> <span class='c2'>कृषि एक्स्पो विराटनगरमा लगाउने तयारी</span>

विराटनगर । कोशी प्रदेश समेटेर कटहरी कृषि थोक बजारमा आगामी भदौ २७ गतेदेखि ३० गतेसम्म हुने कृषि एक्स्पोलाई चितवन र काठमाण्डौं जस्तै परिणाममुखी र भव्य बनाउने तयारी गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा हुने कृषि एक्स्पोको तयारी र प्रचारलाई तिव्र बनाइएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत नेतृत्वको टोलिले इलामको सुर्योदय नगरपालिका र उद्योग वाणिज्य संघ विर्तामोडका प्रतिनिधिसँग भेटघाट गरेको छ ।
अध्यक्ष राउतले विगतमा काठमाण्डौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक विराटनगरमा भव्य बनाउने तयारी बारे सुनाए । उनले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गर्ने यो एक्स्पोलाई कोशी प्रदेशका लागि परिणाममुखी बनाउने योजना अगाडी सारेको जानकारी दिएका छन् ।

कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको प्रवद्र्धन र नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) र कटहरी गाउंपालिकाको सहकार्यमा कृषि एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरुको प्रदर्शनी गरिने । कृषि विज्ञबाट प्यानल डिस्कसन, विटुवी छलफल लगायत एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु सहभागी हुने भएका छन् ।

सुर्योदय नगरपालिकाका प्रमुख रणवहादुर राईले एक्स्पोलाई सफल बनाउन सहयोग गर्ने बताएका थिए । ताप्लेजुंग उद्योग वाणिज्य संघ, पाँंचथर उद्योग वाणिज्य संघ, इलाम उद्योग वाणिज्य संघ, सूर्योदय नगर उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, अलैंची व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधि लगायत सहभागी कृषी व्यवसायीले आफ्नो धारणा राखेका थिए ।

विर्तामोड उद्योग वाणिज्य संघकामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेन्द्रकुमार खडकाले कृषि एक्स्पो कोशी प्रदेशका लागि एउटा उत्साह भएको दावी गरेका थिए । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले यो एक्स्पो सबैसंग जोडिएकोले परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्