विराटनगर यातायात सेवा कार्यालयबाट आठ हजार बढीले लिए लाइसेन्स

<span class='c1'>विराटनगर यातायात सेवा कार्यालयबाट आठ</span> <span class='c2'>हजार बढीले लिए लाइसेन्स</span>

इशु पन्त
विराटनगर । विराटनगर यातायात सेवा कार्यालयबाट एक वर्षमा आठ हजार ४४ जनाले सवारी साधन अनुमतिपत्र लिएका छन् । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०\२०८१ मा दुई पाङ्ग्रे सवारी साधनका लागि ५ हजार ४०३, चार पाङ्ग्रे सवारी २ हजार २१४ र तिन पाङ्ग्रे सवारी साधन ४२७ जनाले अनुमति पत्र लिएका हुन् ।

वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०\०८१ मा ३६ करोड ७७ लाख ८२ हजार ८ सय ३५ रुपैयाँ राजस्व संकलन भएको छ। यो वर्ष सबैभन्दा धेरै दर्ता भएका सवारी साधनहरूमा एक हजार ५३१ वटा दुई पाङ्ग्रे, ९० वटा तिनपाङ्ग्रे र ४२ वटा चार पाङ्ग्रे सवारी छन् ।

यसरी निजी सवारी साधनको कुल संख्या एक हजार ८८६ छ। त्यस्तै, सार्वजनिक सवारी साधन ३४ वटा र सरकारी सवारी साधन ४६ वटा दर्ता भएका छन्। कुल सवारी साधनको संख्या तीन ९२६ पुगेको प्रतिवेदनले देखाउँछ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्