काठमाडौं । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ ।
आज दिउँसोबाट एनसेलमा फोन नलाग्ने, मेसेज नजानेलगायतको समस्या देखिएको हो । आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ ।
एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो । एनसेलको सेवा रोकिँदा उपभोक्ता प्रभावित भएका छन् ।