‘दुई व्यक्तिलाई कार्यकारी अधिकार दिंदा परिणाम आउँदैन्’

<span class='c1'>‘दुई व्यक्तिलाई कार्यकारी अधिकार</span> <span class='c2'>दिंदा परिणाम आउँदैन्’</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संचार सम्बद्ध संस्थाहरुमा दुई व्यक्तिलाई कार्यकारी भूमिका दिंदा परिणाम राम्रो नआएको औंल्याएका छन् ।

सोमबार विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफलमा उनले आगामी दिनमा संचारसँग सम्बन्धीत कानुनहरु बनाउँदा दुई व्यक्तिलाई कार्यकारी जिम्मेवारी दिन नहुने राय राखे ।

‘दुई जना प्रमुखहरु बनाउदा केही प्रगती भएन । आवश्यक परिणाम पनि आउन सक्दैँन् । नेपाल टेलिभिजनमा पनि त्यस्तै देखिन्छ, कार्यकारी प्रमुख पनि रहेछ र महाप्रबन्धक पनि रहेछ । यस्तो हुँदा त्यहा प्रगती नै भएको छैन्,’ उनले भने । एक जनालाई कार्यकारी भूमिका दिन सकियो भने खर्च पनि कम हुने उनको भनाइ थियो । ‘दुई व्यक्तिलाई प्रमुखको व्यवस्था गर्नु भनेको त्यहाभित्र दुविधा र द्वन्द्व निम्ताउनु मात्र हो । अधिकार बाँडफाँड भएको संस्थाले काम नै गर्दैन् । नेतृत्व एउटै हुनुपर्छ । दुईवटा हुनु हुदैँन् । हाम्रो कार्यकारी अध्यक्ष नै कार्यालय प्रमुख हो । त्यसका अरु कसैको आवश्यकता हुदैँन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्