ह्वाट्सले प्रयोगकर्ता प्रोफाइलहरूमा सुधार गर्दै

<span class='c1'>ह्वाट्सले प्रयोगकर्ता प्रोफाइलहरूमा</span> <span class='c2'>सुधार गर्दै</span>

वासिङ्टन । ह्वाट्सएपले पछिल्लो बिटा संस्करणमा प्रयोगकर्ता प्रोफाइलहरू सुधार गर्न सुविधाहरू प्रस्तुत गरेको छ ।

ह्वाट्सएपले एन्ड्रोइड अपडेटका लागि नवीनतम ह्वाट्सएप बिटा (संस्करण २.२४.१७.१०) मा नयाँ विकास समावेश गरेको छ । यसले प्रयोगकर्ताहरूलाई उनीहरूको प्रोफाइलमा आफूलाई परिचय गराउन नयाँ अनुभव प्रदान गर्दछ ।

यस अपडेटले प्रयोगकर्ताहरूलाई एपभित्र आफूलाई अभिव्यक्त गर्ने नयाँ तरिकाको परिचय दिन्छ । साथै, सूचनाहरूले प्रयोगकर्ताहरूलाई उनीहरूको प्राथमिकताअनुसार उन्नत अवतार सुविधाहरू सक्रिय गर्न प्रेरित गर्दछ ।

यसका साथै ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई स्टिकरहरूमा उनीहरूको अवतारहरू प्रयोग गर्न सक्ने व्यक्तिहरूलाई निर्दिष्ट गर्न अनुमति दिएर प्रयोगकर्ताको गोपनीयता बढाउने सुविधा विकास गरिरहेको छ ।

उसले यस्तो सुविधाको पनि परीक्षण गरिरहेको छ जसले कुन व्यक्तिले तपाईको च्याट जानकारी स्क्रिनमा प्रोफाइल, तस्वीरमा स्वाइप गरेको जानकारी दिन्छ । रासस/क्युएनए

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्