जिफन्ट कोशी युवा प्रदेश कमिटीद्धारा युवा, रोजगार तथा दुव्र्यसन सम्बन्धी अन्तक्रिया

<span class='c1'>जिफन्ट कोशी युवा प्रदेश कमिटीद्धारा युवा,</span> <span class='c2'>रोजगार तथा दुव्र्यसन सम्बन्धी अन्तक्रिया</span>

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी युवा प्रदेश कमिटीले लागुऔषध विरुद्ध अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिफन्ट कोशी युवा प्रदेश कमिटीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरको कंचनजङ्गा पाटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी युवा र रोगजार र दुव्र्यसन सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

जिफन्ट कोशी युवा कमिटी अध्यक्ष भली सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला ,अतिथी प्रहरी निरिक्षक तोरण परियार,लागुऔषध विरुद्धका अभियान्ता संजिप चापागाई,युवा अभियान्ता वसन्त अधिकारी,उद्योग संगठन मोरङका प्रतिनिधी चुडामणी भट्टराई,युवा स्वरोजगार विक्रम कुमार शाह, रवि गुप्ताले युवा तथा विद्यार्थीहरुमा यस्ता खालका जनचेतना मुलका कार्यक्रमहरुले विद्यार्थीहरुमा सकारत्मका सन्देश जाने बताएका थिए ।

कार्यक्रममा निजी तथा सरकारी विद्यालयका २० स्कुलका १ सय २० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रममा सहभागी अतिथीहरुले लागु औषधको प्रयोगले व्यक्तिगत जीवन र परिवारमा ठुलो असर पर्ने समेत बताएका थिए । जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा कार्यक्रमको वारेमा किशोर धमलाले प्रकाश पार्नु भयो भने अभियान्ता हरु संजिव चापागाई र वसन्त अधिकारीले आफ्ना अनुभव प्रस्तुत गर्नु भयो भने रोजगारी सम्वन्धी उधोग संगठनका प्रतिनिधि चुडामणी भट्टराईले जानकारी गराउनु भएको कार्यक्रमा प्रहरी निरिक्षक तरुण परियारले नेपालको कानुन सम्वन्धी जानकारी गराउनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्