राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको कार्यक्रम हलभित्रै प्रदर्शन

<span class='c1'>राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा</span> <span class='c2'>भएको कार्यक्रम हलभित्रै प्रदर्शन</span>

भक्तपुर । विश्व अंगदान दिवसका अवसरमा मंगलबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आयोजित एक कार्यक्रम हलभित्र स्थानीयले प्रदर्शन गरेका छन् ।

केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले गरेका निर्णय र कार्यशैलीका कारण अस्पतालमा व्यथिति बढेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रमुख अथिति रहेको कार्यक्रममा उनीहरुले कालो व्यानर र प्ले कार्डसहित कार्यक्रम चलिरहेको हलमै प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले ब्यानर र प्ले कार्ड खोसेको थियो । स्वास्थ्यमन्त्री पौडेल र कार्यकारी निर्देशक डा.श्रेष्ठलाई कालो झण्डा देखाउने कार्यक्रम रहेपनि नव नियुक्त मन्त्रीले अस्पतालमा भएको व्यथिति र अनियमितता रोक्नसक्ने संभावना रहेकाले हाललाई कालो झण्डा देखाउने कार्यक्रम रोकिएको आन्दोलनकारीहरुले बताए ।

उनीहरुले ‘सेवा रोकेर धेरै मरिसके, अझै कतिजना अरु’, ‘म मुटु रोग पीडित, मेरो उपचार भएन’, ‘भ्रष्टाचारमुक्त अस्पताल बनाउ’, ‘म कलेजो रोग पीडित, मेरो उपचार भएन’लगायतका प्ले कार्ड बोकेका थिए । तर कार्यकारी निर्देशक डा.श्रेष्ठले भने प्रदर्शनलाई अस्पतालको विकास नचाहनेहरुको ‘अराजकता’ भन्दै प्रतिक्रिया दिए । सो अवसरमा मन्त्री पौडेलले अस्पताललाई चाँडै व्यस्थित गर्ने, सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने साथै आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा अस्पतालभित्रको व्यथिति रोक्ने प्रतिवद्धता जनाएका थिए । अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा मनपरी गरेको साथै अस्पताल विकास समितिको उद्देश्य र लक्ष्य विपरित काम गरेको भन्दै स्थानीयबासी एवम कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्