हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनः उडान गर्ने

<span class='c1'>हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि</span> <span class='c2'>कुवेतमा पुनः उडान गर्ने</span>

काठमाडौँ । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनः सुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सिधा उडान पुनः सञ्चालन गर्न लागेको हो ।

यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बिचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो ।

काठमाडौँ–कुवेत–काठमाडौँमा पुनः सुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ । एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेका छ ।

सुरुआतमा, एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । काठमाडौँ–कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत–काठमाडौँ उडान बिहान ४ बजेर १५ मिनेटमा उडान भर्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्