आइएमई लिमिटेडले जनताको आवश्यकता अनुसार लगानी गरेको छ : अध्यक्ष ढकाल

<span class='c1'>आइएमई लिमिटेडले जनताको आवश्यकता अनुसार लगानी</span> <span class='c2'>गरेको छ : अध्यक्ष ढकाल</span>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेडले जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन भन्दा बढि क्षेत्रमा लगानी विस्तार गरेको बताएका छन् ।

आज (बुधबार) आइएमई लिमिटेडको संयुक्त कारोबार शुभारम्भ कार्यक्रममा उनले रेमिट्यान्स सेवाबाट व्यवसायीक यात्रा सुरु गरेको आइएमई लिमिटेडले आफ्नो लगानी सेवामूलक कार्यमा लगाएको बताएका हुन् ।

उनले भने, ‘आइएमई लिमिटेडल जनताको आवश्यकता र प्राथमीकतामा रहेका विभिन्न डेढ दर्जन बढि क्षेत्रमा लागानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायीक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा सेवा विस्तार गरिरहेको छ ।’ साथै, उनले आइएमई ग्रुप बैंक तथा वित्तिय संस्थाहरुसँग सक्रिय रहेको बताए । उनले, सुरुवाती समयभन्दा अहिले ८० प्रतिशत भन्दा बढी राजश्व भित्र्याएको बताए ।

उनले भने, ‘आइएमई ग्रुप अन्र्तगत रेमिट, बैंक तथा वित्तिय संस्थाहरु केवलकार, होटल तथा रेष्टुरेन्ट, जलविद्युत, अटोमोबाइल, बिमा, शिक्षा, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनी सक्रिय रहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्