कांग्रेस र माओवादीले धेरै पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रियाको राम्रो परिणाम दिन सकेन : रवि लामिछाने

<span class='c1'>कांग्रेस र माओवादीले धेरै पटक सरकारको नेतृत्व गर्दा समेत</span> <span class='c2'>शान्ति प्रक्रियाको राम्रो परिणाम दिन सकेन : रवि लामिछाने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रिया टुंग्याउन नसकेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रियाका कामलाई अल्झ्याइएको आरोप लगाएका हुन् ।

उनले भने, ‘२०६३ साल मंसिर ५ गते नेपाल सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको मुख्य राजनीतिक कार्यभार अन्तरिम संविधान, संविधान सभा, गणतन्त्र घोषणा, नयाँ संविधान पूरा भयो, छिटपुट असन्तुष्टिकाबीच व्यवस्थापकीय कार्यभार लडाकु र हातहतियार व्यवस्थापन पनि पार लाग्यो, विगतमा फर्किन नचाहे पनि राजनीतिक दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्वपूर्ण काम वर्षाैसम्म अल्झ्याइयो, तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारमा नेतृत्व गर्दा र कांग्रेसले पटक पटक सरकारको नेतृत्व गर्दा पनि परिणाम दिने गरि काम हुन सकेन् ।’

उनले राजनीतिक स्वार्थ र दलीय भागबण्डाको आधारमा टिआरसीसम्बन्धी आयोग बनाइ ऐन कार्यान्वयनमा समस्या आउनेतर्फ सचेत गराए । उनले आयोगलाई नाममा मात्रै नभएर काममा पनि स्वतन्त्र र निष्पक्ष बनाउनको लागि अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्