बालबालिकालाई राम्रो उपचार दिन सरकारी अस्पतालमा अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छ : मन्त्री पौडेल

<span class='c1'>बालबालिकालाई राम्रो उपचार दिन सरकारी अस्पतालमा अधिकत्म</span> <span class='c2'>परिणाम ल्याउनुपर्ने अवस्था छ : मन्त्री पौडेल</span>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सिमित स्रोत र साधनभित्र रहेर अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था रहेको बताएका छन् ।

बुधबार कान्तिबाल अस्पतालको बाल मनोचिकित्सा र मानसिक स्वास्थ्य इकाईको निरीक्षण गर्दै उनले नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा बालकान्ति मात्र भएको भन्दै यसलाई प्रभावकारी बनाउने कुरामा सहकार्य गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘देशले अहिलेको भन्दा बढि सक्रियता खोजेको छ । सिमित स्रोत र साधनभित्र हामीले अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छ । नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा यो अस्पताल मात्रै हो, त्यसकारण यसलाई प्रभावकारी बनाउने कुरामा हामीले सहकार्य गर्न आवश्यक छ ।’
यसको साथै, उनले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक रहेको भन्दै अनलाईनबाट सेवा दिने व्यवस्था भए सहज वातावरण सिर्जना हुने बताए । उनले भने, ‘हामीले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक छ । सरकारी अस्पतालहरुमा हुने भिड, लाइनलाई घटाउनको लागि हामीले भनेको अनलाईन प्रणालीबाट काम अगाडि बढाउनुपर्छ । अनलाईनबाट सेवा दिने व्यवस्था गर्ने हो भने पनि सहज वातावरण सिर्जना हुन्छ । समय तोकिएको टोकनको पनि व्यवस्था गर्न सकियो भने राम्रो हुन्छ ।’

बिमालाई व्यवस्थित गर्न सकेमात्र स्वास्थ्य सेवा सहज र सरल बन्न सक्ने भन्दै यसमा सबैको सहयोगको अपक्षा गरेको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्