नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ : अध्यक्ष दाहाल

<span class='c1'>नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको</span> <span class='c2'>रूपमा रहेको छ : अध्यक्ष दाहाल</span>

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रिया भएको बताएका हुन् ।

उनले भने, ‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । यदि यही शान्ति प्रक्रिया यूरोप वा पश्चिका मुलुकमा भएको भए सायद यसको मान्यता र यसलाई स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो, संसारभर नै चल्ने युद्ध कि त हारमा परिणत भएका छन्, कि त सम्पूर्ण रुपले जितमा । तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाका रुपमा छ ।’ उनले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन गरेका कारण पार्टी विभाजन भएको बताए । उनले पार्टी विभाजन भए पनि देश बचेको जिकिर गरे ।

उनले भने, ‘हिंसात्मक द्वन्द्व भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन् । माओवादी जनयुद्धले गर्दा नै यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्